सिके राउतसंग जनमत संग्रह गर्ने सहमति भएको छैनः गृहमन्त्री

48







काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच मधेषका विषयमा जनमत संग्रह ढंगले सहमति नभएको बताएका छन् ।
उनले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताए ।
सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिएका हुन् ।
उनले भने, ‘जुनसुकै कोणबाट उठाए पनि सरकारलाई राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको बारेमा स्पष्ट गर्न सहयोग पुगेको छ, सहमतिका कतिपय बुँदामा सरकार चिप्लिएको छ भन्ने कोणबाट आएका विचार एउटा भ्रम हो, सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक रहनेछ ।’
सहमतिले राज्यलाई कमजोर पार्छ कि भन्ने चिन्ता लिन आवश्यक नभएको बताउँदै मन्त्री थापाले देशको कुनै भू–भाग अलग गर्ने कुरा संविधानले कल्पना नगरेको, अभिमत लिने भन्नेकुरासँग राउतलाई भ्रम भएको हुन सक्छ । उनले भने – ‘सुविचारपूर्वक अभिमत शब्द राखिएको छ । यो नितान्त भ्रम र गलत बुझाइ हो ।’
गठबन्धनका तर्फबाट जनमत सङ्ग्रह हो भन्ने कोणबाट भनाइ आएको हो भने त्यो सहमति विपरीत र पुरानै ठाउँमा पुग्ने विषय पनि उनले सदन समक्ष राखे । मधेश आन्दोलनलगायत अरु आन्दोलनका समयमा गठन गरेका छानबीन आयोगका प्रतिवेदन आवश्यकताअनुसार सार्वजनिक गर्न सकिने गृहमन्त्री थापाले बताए ।

You might also like
Loading...