प्रहरी कार्यालयमा बेहोस भएका सोमैको उपचारको क्रममा निधन

62







कावासोती, २८ फागुन ।
पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय नयाँ बेलहानी दुम्किबास हाता भित्र बेहोस भएको एक जना युवकको उपचारको क्रममा निधन भएको छ ।
मध्यविन्दु नगरपालिका १२ भूपूशैनिक गाउँ बस्ने ३० बर्षका उमेश सोमैको कावासोती नगरपालिका १६ मध्यविन्दु अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
केही दिन अगाडि आफ्नै घर विवाहमा केही छिमेकी झगडा गरेपछि सोही झगडाको मिलापत्र गर्न भएको छलफलको क्रममा उनी बेहोस भएका थिए ।
स्थानीय बासिन्दाका अनुसार छलफलमा बसेका उनी रक्त चाप कमीका विरामी सोमै धेरै मान्छेको बीचमा भएको र घामले गर्दा बेहोस भएका हुन् ।
सोमबार निधन भएको उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा पोष्टमाटर्म पश्चात मंगलबार दाहसंस्कार गरिएको छ ।

You might also like
Loading...