प्रदेश सम्मेलनलाई भब्य बनाउन देजमो पश्चिम नवलपरासीको अभियान


रवि पाण्डे
बर्दघाटः नेकपा (क्रान्तिकारी माओवादी ) को बैद्यानिक एवं संयुक्त क्रान्तिकारी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल पश्चिम नवलपरासीको शनिवार बर्दघाटमा बिशेष भेला सम्पन्न भएको छ ।
बिशेष भेलाले मोर्चाको यही चैत्र ५ र ६ गते नेपालगंजमा हुने प्रदेश सम्मेलनलाई भब्य बनाउनका लागि बिभिन्न जिम्मेवारी हेरफेर गर्नुका साथै सम्मेलनका लागि प्रतिनिधि तथा पर्यबेक्षक चयन गरेको छ ।
भेलाले जिल्लामा रहेका सदस्यहरुका आधारमा ३ ÷ ३ जना प्रतिनिधि तथा पर्यबेक्षक भेलामा पठाउने निर्णय गरेको मोर्चाका सचिव भागिरथ चापागाईले बताउनुभयो । भेलाले जिल्लामा रहेका सबै सदस्यलाई सदस्यता नबिकरण गर्न आग्रह गर्दै जिल्ला सम्मेलनको तयारी गर्ने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै चैत्र २४ गते हुने मोर्चाको राष्ट्रिय सम्मेलनलाई ध्यान दिदै वडा गाउ तथा नगरपालिकाहरुको भेला सम्मेलन र जिल्ला सम्मेलन गर्ने र प्रचारात्मक अभियानलाई जोड दिने भएको उहाँले बताउनुभयो । मोर्चाको बिशेष भेलाले बिकृति बिसंगति तथा भष्ट्रचार बिरुद्ध अभियान संचालन गर्दै त्यसको भण्डाफोर गर्ने र बिभिन्न मुद्धामा अन्तरक्रिया संचालन गर्ने निर्णय समेत गरेको छ ।
बिशेष भेलाले रिक्त रहेको ६ जना जिल्ला सदस्य समेत मनोनयन गरेको थियो । जसमा जिल्लामा जिम्मेवारीमा रहेका जनबर्गीय मोर्चा संगठनका जिल्ला संयोजकहरुलाई देजमोको जिल्ला सदस्यको जिम्मेवारी दिएको हो ।



१५ सदस्सीय जिल्ला समिति रिक्त रहेको ६ जनाका किसान संगठनबाट गुणनिधि पोखरेल , तमु मोर्चाबाट खेम तमु मगर मोर्चाबाट गोबिन्द बहादुर साठीघरे मगर उद्योग ब्यवसायीबाट प्रेम पोखरेल नेवाः बाट चन्द्रमान मानन्धर र रवि पुनलाई जिल्ला सदस्यमा मनोनित गरेको जिल्ला संयोजक राजु प्रसाद खनालले बताउनुभयो ।
भेला देजमो पश्चिम नवलपरासीका संयोजक राजु प्रसाद खनालको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका सेक्रेटरी चोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो पार्टी जिल्ला सचिवालय सदस्य तथा जन बर्गीय मोर्चा संगठनका फ्याक्सन ईञ्चार्ज समर , बर्दघाट नगर सेक्रेटरी क्रान्ति लगायतले आतिथ्यता रहेको थियो ।



सम्बन्धित
Loading...