नवलपरासीमामा विप्लव विरुद्ध बढ्यो सक्रियता, सर्दीबाट जनपरिषद प्रमुख पक्राउ

107







रामकुमार श्रेष्ठ
न्वलपरासी, १२ चेत्र । विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्न नवलपरासीमा प्रहरीले सक्रियता बढाएको छ ।
गएराति मात्रै पूर्वी नवलपरासीमा एक जना र पश्चिम नवलपरासीमा एक जना गरी दुई जना जिल्ला स्तरका नेताहरुलाई पक्राउ गरे लगतै मंगलबार दिउँसो पूर्वी नवलपरासीको जनपरिषद प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटले जिल्लामा विप्लवका गतिविधि रोक्नका लागि सुरक्षा सतर्कता बढाएको बताए ।
उनले भने – ‘हामीले सम्भावित क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाएका छौं । उनीहरुको कुनै पनि गतिविधि हुन नदिनका लागि हामीले सक्रियता बढाएका छौं ।’
प्रहरीले सोमबार राति विप्लवको नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पक्राउ गरेको थियो भने मंगलबार नवलपुरका जनपरिषद प्रमुख दानबहादुर आचार्यलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले उनकै घर विनयी त्रिवेणी ४ सर्दी स्थित उनकै घरबाट पक्राउ गरेकाे हाे ।

यसैबीच फागुन २९ गतेकाे बन्दमा नवलपरासीकाे सरावलमा दुई वटा ट्रकमा अागजनी गरेकाे अभियाेगमा सुमन ज्ञवालीलाई मुद्दा चलाई कारवाही अगाडि बढाएकाे प्रहरीले जनाएकाे छ ।

You might also like
Loading...