प्रदेश १ देशभक्त जनगणतान्त्रिक मोर्चामा राई

38







देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नम्बर एकको प्रथम प्रदेश भेला धरानस्थित गीता भवनमा विहीवार भएको भएको छ । प्रदेश भेलाले नगेन्द्र राईलाई संयोजकका रुपमा चयन गरेको छ । राईको संयोजकत्वमा ३१ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरिएको हो । ३१ सदस्यीय मितिमा आठ सदस्यपछि थप्ने बताइएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रुमुख अतिथि तथा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज हरिभक्त कडेंलले अहिले देश भयाबह अवस्थामा फसेको र देशलाई यो अवस्थाबाट माथि उठाउनु पर्ने कुरामा जोड दिए । प्रशिक्षणत्मक कार्यक्रममा आफ्नो अनभूति राख्दै अतिथि कँडेलले वर्तमान अवस्थामा देशमा आएको राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालहरु हल गर्न अब अग्रगामी बटो र विकल्पको खोजी गर्नुपर्ने कुरा बताएका थिए ।

यसै कुरालाई मध्यनजर गरेर पार्टीले तीन जादुगरी हतियारहरुको विकास गर्दै गएको र तीन जादुगरी हतियारमध्ये क्रान्तिकारी मोर्चालाई सुदृढ बनाउँदै लगिएको कुरामा जोड दिए । क्रान्तिकारी मोर्चाका रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल क्रान्तिका तीन जादुगरी हतियार र संघर्षको साधन हो भन्दै यसले खुल्लाखालका र सरकारी दमनका बेलामा प्रतिरोधात्मक संघर्षका कार्यक्रमहरु पनि अघि बढाउने छ ।

देजमो एक नम्बर प्रदेशको भेलालाई नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु सिताराम बुढाथोकी, मनोज श्रेष्ठ, डिल्ली बोहरा लगायतको समुपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य जबसको तफैबाट उमानाथ ढकाल, मोर्चाका तर्फबाट पारस लिम्बु, पार्टीक तर्फबाट मनोज श्रेष्ठ, सीताराम बुढाथोकी, डिल्ली बोहराले दिएका थिए भने कार्यक्रमको सञ्चालन शान्तिराम गिरीले गरेका थिए ।

You might also like
Loading...