दोस्रो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण

81







अकलादेवी महिला बहुउद्धेश्यीय सहकारी सस्था लि चोरमाराले मंगलवार युवा ताथा साना व्यवसायी कोषको दोस्रो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषको थोक कर्जा निकासा लगत्तै लगानिको विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथी मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले सहकारी र सहकारीताको मर्मलाइ सवैले बुझ्नुपर्ने भन्दै कोषको लगानी नगरपालिकामा स्वागत योग्य भएको र सोको नियमन र अनुगमनमा आवश्यक परेमा नगरपालिका पनि सहयोग गर्न तत्पर र तयार रहेको भन्दै कर्जा प्राप्त गरी व्यवसाय संचालन गर्न लागिरहेका स्वरोजगार ऋणीहरुलाइ सफल उधमी बनेर देखाउन शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी मुख्य प्रशिक्षक रहनु भएका नेपाल सरकार युवा तथा खेलकुद मन्त्राल युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति नवलपरासीका सदस्य सचिव प्रितम भुजेलले युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको ५० लाख कर्जा रकम निकासा संगसंगै दोस्रो किस्ताको लगानी र कोषको निती तथा कार्यक्रमको विषयमा तालिममा सहभागी महिला उद्यमीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

नेपाल सरकारले उपलब्ध गराउने रकमलाई सहि ठाउमा लगानी गरी आर्थिक समृद्धिमा लाग्न समेत भुजेलले आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा मध्यविन्दु नगरपालिकाका पूर्व सहकारी शाखा प्रमुख कमल पोखरेललाइ सम्मान गर्नुको साथै विदाइ समेत गरिएको थियो ।

त्यसैक्रममा कोषको कार्यक्रमलाइ स्वरोजगार व्यवसायीहरुलाइ प्रदान गरिएको थियो। संस्थाकी अध्यक्ष भुमा गैरेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव गोमता भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी व्यवस्थापक यमकला भुर्तेलले राख्नुभएको थियो ।

You might also like
Loading...