पोखराका पत्रकार गिरीको रिहाइका माग गर्दै धर्ना

72







नवलपरासी, ४ बैशाख । पोखराका पत्रकार अर्जुन गिरीको पक्राउको विरोध र उनी माथि लगाइएको मुद्दा फिर्ताको माग गर्दै देशभर पत्रकार महासंघ आन्दोलित भएको छ ।
सोही क्रममा बुधबार कावासोतीमा जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि १ घण्टा धर्ना दिएर पत्रकार महासंघ नवलपुरले गिरीको रिहाइको माग गरेको छ ।
त्यस्तै प्रेस संगठन नेपाल नवलपुरले पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएर उनको रिहाइको माग गरेका छन् ।
समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता अभिव्यक्रि विरुद्ध भएको भन्दा पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकार गिरीलाई समाचार लेखेकै आधारमा साइबर अपराध अन्तरगत मुद्दा चलाउन थालिएको छ ।

You might also like
Loading...