खानेपानी महासंघ नवलपरासीको जिल्ला बैठक

40







खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ पश्चिम नवलपरासीको जिल्ला बैठक सम्पन्न भएको छ । जिल्ला बैठकले हालसालै सम्पन्न अधिबेशनले निर्वाचित भएको समितिमा रहेको दुईवटा रिक्त पदमा पलपुर्ति गरेको छ । बैठकले बनकट्टी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी दुर्गा सुवेदी र बासाबसहि खानेपानीका नारायण पाण्डेलाई सदस्य पदमा मनोनयन गरेको हो ।

बैठकले सल्लाहकारहरु समेत मनोनयन गरेको छ । सल्लाहकारहरुमा क्रमश पूर्व खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष शिवलाल कंडेल, खानेपानी डिभिजन कार्यालय परासीका ईन्जिनियर तथा प्रमुख कुलदेव श्रेष्ठ, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ईन्द्र कुमार राना, सुनवल खानेपानीका विष्णु पौडेल र परासी बृहद खानेपानी परियोजनाका अध्यक्ष राम बृज यादवलाई मनोनयन गरेको जनाइएको छ।

बैठकले हरेक स्थानीय तहमा समेत महासंघ गठन गर्ने समेत निर्णय गरेको छ ।

You might also like
Loading...