बैतडीमा जलेर एकैघरका तीनजनाको मृत्यु

बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका अन्दाजी ४५ बर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाई टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको मृत्यु भएको हो । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलीसकेका थिए । उनीहरुको स्थानीय र प्रहरी मिलेर शव मात्रै बाहिर निकाल्न सकेका थिए ।

174 Shares

Related Articles