हिन्दु धर्मको संस्कार नेपाल र नेपालीको पहिचान: महामन्त्री

12

खगेन्द्र पराजुली

देबचुली २६ जेठ । नेपाली कांग्रेसका महामन्त्री डा.शसांक कोइरालाले हिन्दु धर्मको संस्कारले नेपाल र नेपालीको पहिचान रहेको दावी गर्नुभएको छ ।

आज देबचुली १२ लक्ष्मीपुरमा आयोजित शोक कार्यक्रममा वहाँले यस्तो धारणा ब्यक्त गर्नुभएको हो । नेपाली कांग्रेस लक्ष्मीपुरका पुर्व वडा सभापती स्वर्गीय मोहीनलाल काफ्लेको ७औं दिनको पुण्यतिथीमा वहाँकै निवासमा श्रद्धाञ्जली प्रकट गर्न पुग्नुभएका महामन्त्री डा. कोइरालाले धर्मले हामी सबैलाई रक्षा गरेको बताउनुभएको थियो ।

बि.सं. १९९२ कार्तिक ४ गते पर्वतको बेउलीवासमा जन्मनुभएका काफ्ले बि.सं. २०१४ सालमा तत्कालीन बेउलीबास गाउँ पञ्चायत तरुण दलको सदस्यता लिनुभएको थियो । बि.सं. २०२९ सालमा रजहरमा बसाइसराई भई आउनुभएका काफ्ले नेपाली कांग्रेसमा निरन्तर आस्था राख्दै ३६ सालको जनमत संग्रह २०४६ र ०६४ सालको जनअन्दोलनमा समेत सक्रिय सहभागिता जनाउनुभएको थियो भने २०५२÷०५३ ताका तत्कालिन प्रगतिनगर गाउँ बिकास समिति वडा नम्वर ७ को नेपाली कंग्रेस वडा समितिको सभापति भई पार्टीले दिएको जिम्मेवारी समेत पूरा गर्नुभएको थियो ।

वहाँका ४ छोरा हुनुुहुन्छ । जेठा छोरा बालकृष्ण काफ्ले कावासोती स्थित कुमारवर्ती क्याम्पसका प्राध्यापकका साथै नेपाली कंग्रेस निकट बुद्धिजिबीहरुको संस्था प्रजातान्त्रिक बिचार समाज जिल्ला सल्लाहकार हुनुहुन्छ भने माहिला र साहिला छोरा हुमाकान्त र लाल प्रसाद काफ्ले जनसम्पर्क मञ्च युयसएका सदस्य हुनुहुन्छ त्यस्तै कान्छा छोरा नन्दलाल काफ्लेले सोही ठाउँका बिभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदै आउनुभएको छ । काफ्लेको यहि जेस्ठ २० गते ८४ बर्षको उमेरमा असामायिक निधन भएको थियो ।

You might also like
Loading...