पश्चिम नवलपरासीको कुडियामा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते

बर्दघाट । पश्चिम नवलपरासीको कुडियामा भारतिय मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन । जिल्लाको सुस्ता गाउपालिका वडा नम्बर ३ कुडियामा दुर्घटना भएको हो ।


सुस्ता गाउपालिका वडा नम्बर ४ निवासी सत्रुधन विनले चलाएको युपी ५७ ८८११ नम्बरको भारतिय मोटरसाइकलको ठक्करले सोही ठाउ बस्ने बर्ष ३२ का श्रीराम सुनारलाई उपचारको लागी समाुदायिक अस्पताल चौपत्ता पुर्याइएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
मोटरसाइकल चालक विनलाई कुडिया प्रहरी चौकी महलबारीले आफ्नो नियन्त्रणमा लिर्य कार्यवाही प्रकृया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

139 Shares

Related Articles