प्रथम मध्यबिन्दु कपः नवलपरासी ११ ले भेडावारीलाई गर्यो शुन्यका विरुद्ध ६ गोल

52

गंगा बिश्वकर्मा –
असोज, १३, नवलपुर । बिदेशी खेलाडी फुफानाको ह्याट्रिक मद्दतमा नबलपरासी ११ ले चोरमारामा जारी प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगितामा शानदार बिजयी सुरुवात गरेको छ।
सोमबार भएको खेलमा भेडाबारीलाई ६ शुन्य गोलको फराकिले अन्तरले पराजीत गर्दै नवलपरासी ११ ले बिजयी सुरुवात गरेको हो ।
पहिलो हाफको नवौ मिनेटमा बिदेशी खेलाडी फुफानाले गोल गर्दै टिमलाई १ शुन्यको अग्रता दिलाए । पहिलो हाफमा एक शुन्यको अग्रता कायम गरेको नबलपरासीले दोस्रो हाफमा थप ५ गोल गर्न सफल भएको हो ।
दोस्रो हाफको ८ औ भिनेटमा आकाश थापाले गोल गर्दे टिमलाई दुइ शुन्यको अग्रता दिलाए । दोस्रो हाफकै ११ औ मिनेटमा फेरि बिदेशी खेलाडी फुफानाले गोल गर्दे टिमलाई तिन शून्यको अग्रता दिलाए भने दोस्रो हाफको २४ औ मिनेटमा बिनोद कुुवरले गोल गर्दै नबलपरासीलाई चार शुन्यको अग्रता दिलाउन सफल भए । लगत्तै दोस्रो हाफको २६ औ मिनेटमा बिदेशी खेलाडी फुफानाले व्यक्तीगत ह्याट्रीक पुरा गर्दै टिमलाई ५ शुन्यको अग्रता दिलाए ।
फेरी २८ औ मिनेटमा बिनोद कुवरले व्यक्तीगत दोस्रो गोल गर्दै टिमका लागि ६ शून्यको जित दिलाउन सफल भए । आजको खेलको म्यान अफ दि म्याच ह्याट्रीक गरेका बिदेशी खेलाडी फुफाना भए । भोलीको खेल भैरब स्र्पोट क्लब गोपीगञ्ज पश्चिम नबलपरासी र दुम्कीबास ११ बिच प्रतिस्पर्धा हुने खेल संयोजक चक्रबन्धु अधिकारीले जानकारी दिए ।
प्रतियोगितमा १४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधी बिजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ । त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५÷१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वा्धिक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने आर्थिक संयोजक भिम हमालले बताए ।

You might also like
Loading...