कावासोतीमा धान नपसाएको किसानको गुनासो, प्राविधिकको टोली सहित नगर उपप्रमुखद्वारा अनुगमन

186

रामकुमार श्रेष्ठ
नवलपरासी, १५ असोज । धानमा मल छर्ने बेला मल नपाएर आक्रान्त बनेका नवलपुरका किसानहरुलाई अहिले अर्को समस्याले सताएको छ।
धान पसाउने समय नाघिसक्दा पनि खेतमा रहेको धानमा बाला नलागेपछि नवलपरासीको कावासोती नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।
कावासोतीको वडा नं. १, २, ३, ५ र १३ नम्बर वडामा यस सम्बन्धि व्यापक गुनासो आएको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।
मर्दनियाका अनुसार बुधबार अनुगमन गर्दा ५ वटा वडाको कम्तिमा ६० विगाहा जग्गामा लगाइएको धान खेतीमा यस्तो समस्या देखिएको छ ।

ति धानहरुलाई प्राविधिक सहितको टोली लिएर अनुगमन गरी ल्याप परीक्षणका लागि नमुना संकलन गरिएको र केही दिनमा त्यसको रिपोर्ट आउने मर्दनियाले बताए ।
अनुगमनका क्रममा किसानहरुले लगाएको गरिमा नामको धानमा यस्तो किसिमको समस्या आएको किसानहरुले गुनासो गरेको उनले बताए । किसानहरुले ति धानका विउ निजी एग्रोभेट र सहकारीहरुबाट लगेको बताएका छन् ।

सँगसँगै लगाएका छिमेकीको धानको बाला लागेर पाक्ने बेला हुँदासम्म पनि आफ्नो धान खेतीमा धान नपसाएपछि किसानहरुले नगरपालिकामा गुनासो गरेका हुन् ।

You might also like
Loading...