दशैंलाई कावासोतीमा यात्रु सहायता कक्षा





शोभा जिसी –
कावासोती । नवलपरासीको कावासोतीमा दशैंलाई लक्षित गरी यात्रु सहायता कक्षा स्थापना गरिएको छ ।
कावासोतीको फलफूल चोकमा ट्राफिक र प्रहरीको संयुक्त टोली रहने गरी यात्रु सहायता कक्षा स्थापना गरिएको हो । दशैंको यात्राको क्रमा बस वालाले यात्रुलाई भाडा ठगेको, यात्राको क्रममा पकेट मारेको लगायतका गुनासो सुनुवाईको लागि सहायता कक्षा स्थापना गरिएको हो । त्यसैगरी लामो यात्रामा हिड्ने बसहरुको दुई वटा चालक भए नभएको चेक गर्न लगायतको जाँच गर्न पनि सहायता कक्षा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अर्जुन रानाभाटले बताए ।




सम्बन्धित
Loading...