टर्कीको अर्थतन्त्र सखाप पारिदिने ट्रमको चेतावनी

83

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन्।

उत्तर-पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने उनले लिएको आश्चर्यपूर्ण निर्णयको टर्कीले फाइदा उठाउन खोजे आफूले कडा कदम चाल्ने चेतावनी उनले दिएका हुन्।

टर्कीले उसको सीमा पार सिरियाली क्षेत्रमा रहेका कुर्द फौजमाथि पहिले देखि उसले चाहना गर्दै आएको हमला गर्ने योजना गरिरहेको छ।

ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन्।

उनले आफ्नो उद्देश्य अमेरिकी फौजलाई घर फिर्ता ल्याउनु रहेको बताए।

उनले भने, “हामी ७ हजार माइल पर छौँ। यी आइएसका मान्छे यी सबै त्यहीँ वरपर छन्। त्यहीँका देशहरूमा छन्। इरानले आइएसलाई घृणा गर्छ र आइएसले पनि इरानलाई घृणा गर्छ। इराक सिरिया टर्की त्यहीँ छन्। उनीहरूले आइएससँग लडुन्। हामी त हाम्रा फौजलाई फिर्ता ल्याउन चाहन्छौँ।”

राष्ट्रपति ट्रम्पले आफू सो क्षेत्रमा अमेरिकी फौज अर्को ४० वर्ष रहोस् भन्ने नचाहेको बताए।

सिरियामा इस्लामिक स्टेट आइएसलाई पराजित गर्ने लडाइँमा कुर्दिश फौज अमेरिकी नेतृत्वको गठबन्धनको एक मुख्य सहयोगी थियो।

सिरियामा अमेरिकाका करिब १ हजार फौज छन्। विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ।

You might also like
Loading...