माओलाई सम्झनुको अर्थ

133

  • – खेम थपलिया –

आमुख 

नेपालमा केपी ओली नेतृत्वको सरकारको सामाजिक फासिवादी हर्कतले सीमा नाघ्दै गएको छ । आफूहरू कम्युनिस्ट नै भएको जिकिर गर्ने यो सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यसले नेकपाल कम्युनिस्ट पार्टीका हजार बढी नेता–कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर जेल तथा हिरासतमाा राखेको छ । यसले नेताहरूलाई मुठभेडको नाममा इन्काउन्टर गरेको छ । यो सरकारले अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष एवम् लोकप्रिय जनकलाकार माइला लामालाई समेत झुट्टा मुद्दामा नख्खु जेलमा राखेको छ । नेता/कार्यकर्ताको त कुरै छाडौँ, ओली सरकारले सर्वसाधारण जनता, लेखक, कवि, कलाकार तथा साहित्यकारलाई देखिसहेको देखिँदैन । देश तथा विदेशमा सरकारको यस किसिमका फासिवादी कदमको तीव्र विरोध भएको छ । प्रतिबन्धका यी ९ महिनाका अवधिमा एकीकृत जनक्रान्तिको शक्तिशाली प्रवाहलाई रोक्न दलाल तथा सामाजिक फासिवादी सरकारले क्रान्तिकारीहरूका मुख थुन्न, हात बाँध्न, पाइताला रोक्न जे जति अन्यायपूर्ण हर्कत गरे पनि फासिवादी सरकारका हरेक आदेशलाई लत्याउँदै क्रान्तिकारीहरू निरन्तर अघि बढिरहेका छन् । ठीक यस्तो बेला हामी माओ जे–दोङको सम्झना र सम्मानमा १२७ औँ माओ दिवस मनाइरहेका छौँ । धुमधामका साथ माओलाई सम्झिइरहँदा धेरैको अगाडि एउटा जबर्जस्त प्रश्न उभिएको छ, खासमा माओलाई सम्झनु अर्थ के हो ?
२६ डिसम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भू–भाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको सानो गाउँमा रक्तिम किरणले जन्म लिएथ्यो । त्यही किरण महान् योद्धा आज संसारभर माओको नामले प्रसिद्ध छ । उनी शोषक लुटेराहरूको ज्यानीदुश्मन र गरिब मिहिनेतकश जनताका आत्माको धड्कन बनेका छन् । माओ नाम प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र हरेक देशका जनताको मुक्तिकामी आन्दोलनसँग गाँसिएको छ । उनी आज विश्वभरमा श्रमिक तथा उत्पीडित जनताद्वारा चलाइएका तथा चलाइने जनक्रान्तिको पर्याय बनेका छन् । साम्राज्यवादी, दलाल तथा एकाधिकार पुँजीवादी भूमण्डलीकृत शक्तिहरूको प्रभावबाट मुक्त गर्न, उत्पीडित तथा श्रमजीवी जनतालाई सामन्तवादी तथा अन्य विभिन्नखाले प्रतिक्रियावादी तत्वहरूको दमन र शोषणबाट मुक्त गर्न माओ रणनीतिक हतियार बनेका छन् ।

माओको निधनपछि चीन

सेप्टेम्बर ९, सन् १९७६ मा विश्व सर्वहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको निधनपछि विश्वभरका शोषितपीडित जनता शोकमग्न भइरहेको बेलामा चीनका केही प्रतिक्रान्तिकारीले भित्रभित्रै विषाक्त हतियारलाई तिखारेर षड्यन्त्रको जालो बुन्न थाले । मालेमावादका सच्चा अनुयायीहरूलाई छान्दै चीनमा पुँजीवादी व्यवस्था लागू गर्नका लागि चिनियाँ संशोधनवादीहरूले माओको मृत्युको महिना दिन पनि नपुग्दै चियाङ चिङ, च्याङ चुङ चियाओ र अन्य क्रान्तिकारीमाथि ‘कथित चार गुट’ भन्दै गिरफ्तार गरेर प्रतिक्रान्तिको बीजारोपण गरियो । त्यहीक्रममा माओ विचारप्रति अत्यन्तै बफादार, राजनीतिक रूपले परिपक्व तथा सिद्धान्तप्रति निष्ठावान चिनियाँ सेनालाई पुनर्गठन गरेर चिनियाँ जनमुक्ति सेनालाई पार्टी, सरकार र त्यसका नीतिहरूप्रति बफादारीको सपथ लिन लगाइयो ।
माओको क्रान्तिलाई लगातार अघि बढाउँदै उत्पादन बढाउने भन्ने क्रान्तिकारी विचारलाई तोडेर ‘आधुनिकीकरणको कार्यक्रम’ द्वारा ‘उत्पादन बढाउने’ नारा दिइयो । ‘उत्पादन बढाउने’ नाउँमा संशोधनवादीहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएर पुँजीवादी पुनस्र्थापनालाई जोड दिइयो । वर्गसङ्घर्षलाई पूर्ण रूपले परित्याग, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसभन्दा अगाडि पनि जफत गरिएका व्यक्तिगत सम्पत्ति ब्याजसहित फिर्ता, व्यक्तिगत स्वामित्वमा चल्ने उद्योगधन्दालाई छुट, ठूलो पैमानामा विदेशी पुँजीलाई चीनमा भित्र्याएर पर्याप्त नाफालाई विदेशमा रकम लैजान छुट, व्यक्तिगत रूपमा जमिनका प्लटहरूको वितरण, विदेशी अश्लील साहित्य नृत्य–फिल्मको प्रदर्शनद्वारा जनताको चेतनालाई विकृत र कुरूप बनाई क्रान्तिप्रति विमुख बनाउने तथा भौतिक प्रलोभनद्वारा जनतालाई भ्रष्ट पार्ने प्रयास आदि कार्यहरू गरेर चीनमा पुँजीवादी अधिनायकत्वलाई स्थापित गरियो । त्यहीक्रममा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई ‘गलत’, ‘दुर्घटनापूर्ण’ बताउन थालियो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको विरोध गर्दै उत्पादनलाई जोड दिने चिन्तनलाई नेपालका क्रान्तिकारीहरूले चीनमा प्रतिक्रान्ति भएको ठह¥याए ।
नेपालका सच्चा कम्युनिस्टहरूले चीनमा प्रतिक्रान्ति भएको ठहर गर्नु क्रान्तिप्रति अटल विश्वास र सिद्धान्तप्रति दृढ आस्था थियो । यो समाजवादी व्यवस्था–साम्यवादी विचारधारा ‘असफल’ भनेर चिल्लाएका पुँजीवादी–संशोधनवादी तत्वहरूलाई दिइएको चुनौती थियो । यो समस्त शोषित पीडित जनतालाई समाजवादी व्यवस्था तथा साम्यवादी विचारधाराप्रति अटल विश्वास जगाई क्रान्तिको लालझन्डा सदैव उठाइरहन प्रेरित गर्ने दृढ अडान हो । यो कुनै पनि प्रतिक्रियावादी शक्तिको सामु घुँडा नटेक्ने, आत्मसमर्पण नगरी क्रान्तिकारी सही सिद्धान्त र राजनीतिक विचारधारालाई बलियो गरी समातेर क्रान्तिलाई निरन्तर अघि बढाउने साहसिक दूरदर्शिता थियो ।

माओ योगदान

क्रान्तिकारी सिद्धान्तलाई जसरी लेनिन र स्तालिनले रुसमा व्यावहारिक रूपमा लागू गरेका थिए, ठीक त्यसरी नै माओले तेस्रो विश्वको पिछडिएको मुलुक चीनमा लागू गरे । माक्र्सवाद–लेनिनवादलाई उनले सिर्जनात्मक रूपले विकास गरेर सर्वहारा अधिनायकत्वलाई बचाइराख्ने र सुदृढ बनाउने, पुँजीवादी पुनस्र्थापनालाई रोक्ने विधिको विकास गरे । माक्र्सवाद–लेनिनवादको विकसित रूप नै आजको माओवाद हो, जुन जनक्रान्तिको मार्गदर्शक सिद्धान्त हो । सर्वहारावर्गले पुँजीपति वर्गबाट छिनेर सत्ता लिएपछि पनि निकै लामो अवधिसम्म समाजवादतर्फ सङ्क्रमणकालभरि मात्र होइन, समाजवादको निर्माण र विकासको कालभरि वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टी र सरकारभित्र तथा बाहिर रहेका पुँजीपन्थीहरूलाई कमजोर, तहस नहस र अन्तमा निर्मूल नपारेसम्म सर्वहारावर्गले राज्यसत्तामाथि प्रतिक्रान्तिकारी हमला हरदम भइरहने खतरा भइरहने वास्तविकतालाई दृष्टिगत गरेर माओ सुरुदेखि नै पार्टीलाई सर्वहाराकरण गर्ने प्रयासमा लागे । स्टालिनको निधनपछि पार्टीभित्र घुसेको नवसंशोधनवादी खुश्चेभले समाजवादी सोभियत रुसलाई पुँजीवादी रुसमा बदलेर माक्र्सवाद–लेनिनवाद र विश्व सर्वहारावर्गप्रति नै गद्दारी गरे । यद्यपि माओले पुँजीवादी बाटो लिएका सत्तासीन व्यक्तिहरूको विरुद्ध सङ्घर्ष गरेर सर्वहारा अधिनायकत्वको सुदृढीकरण र समाजवादी व्यवस्थाको विकासको लागि, समाजवादी ढाँचाअनुरूप नभएका शिक्षा, साहित्य, कला र संस्कृतिलाई सही रूप दिन ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को सूत्रपात गरेर सामाजवादी व्यवस्थामा नयाँ आयाम थपे । महान् सर्वहारा सांस्कृतिक क्रान्ति माओवादको सशक्त व्यावहारिक रूप बन्यो । यो माक्र्सवाद–लेनिनवादमा थप योगदान र विश्व कम्युनिस्ट आन्दोलनमा महान् उपलब्धि थियो । आज माओलाई आक्रमण गर्नेहरूले माओवादमाथि आक्रमण गरेर साम्राज्यवादीहरूलाई सहयोग पु¥याइरहेका छन् । यसले विश्वस्तरमा अन्तर्विरोधलाई झन् चर्काएको छ । हरेक देशका शोषित–पीडित जनताले चलाउने क्रान्तिलाई दबाएर साना तथा कमजोर राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादी शक्तिबिचको होडबाजी झन् बढेको छ । यस सन्दर्भमा माओको “विश्वमा दुईवटा सम्भावनाहरू छन् कि त क्रान्तिले युद्धलाई रोक्नेछ कि युद्धले क्रान्तिलाई जन्माउनेछ” भनाइ सटिक प्रतीत हुन्छ ।
माओ चिनियाँ बहुचर्चित लामो अभियान, जापानविरोधी युद्ध र मुक्तियुद्धका नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक, चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक नेता एवम् संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका स्रोत हुन् । माओ विश्व इतिहासकै महापुरुषहरूमध्ये एक बन्न पुगेका छन् । माओका दर्शनका क्षेत्रमा विकास गरेको ‘विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरण’ को नियम, ‘दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ’ भनी द्वन्द्ववादको उक्त नियमको विस्तार, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा रुसी समाजवादी मोडेलका कतिपय नीतिको आलोचना एवम् ‘दुई खुट्टामा टेकेर हिँड्ने अर्थनीति’, ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ’ भन्ने मान्यता र वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको सैनिक रणनीति, नयाँ जनवादी राज्यव्यवस्थाको मोडेल एवम् सर्वहारा अधिनायकत्वअन्तर्गत ‘निरन्तर क्रान्तिको सिद्धान्त’ आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए । उनले पार्टी निर्माणको सवालमा ‘एउटा क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित र माक्र्सवादी–लेनिनवादी पद्धतिमा आधारित पार्टीबिना श्रमजीवी वर्ग र जनसमुदायको व्यापक हिस्सालाई नेतृत्व प्रदान गर्न, साम्राज्यवाद र त्यसका पाल्तु कुकरहरूलाई पराजित गर्न सम्भव छैन’ भन्ने मान्यता अघि सारे । ‘वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सही कुराको निर्धारण गर्दछ’ भन्दै उनले नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका निम्ति माओले ‘पुँजीवादी अड्डामाथि बम वर्षाऊ’, ‘विद्रोह गर्नु जनताको अधिकार हो’ लगायत नारा अगाडि सारे । उनले पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्दारहरूका विरुद्ध सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गरे । माओले ‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन’, ‘खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर’, ‘एकताबद्ध होऊ, नफुट’ अर्थात् ‘तीन गर, तीन नगर’ भन्ने साङ्गठानिक क्षेत्रमा महत्वपूर्ण प्रस्तावना अगाडि सारे । पार्टीभित्र चल्ने अन्तर्विरोधलाई पार्टीको जीवन बनाउँदै माओले पार्टीमा उत्पन्न भएका दक्षिणपन्थी विसर्जनवाद र उग्रपन्थी दुस्साहसवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष चलाए । विश्व कम्युनिस्ट आन्दोलनभित्र खु्रश्चोभी नवसंशोधनवादका विरुद्ध महान् बहस चलाउँदै माओले माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन गरे । आज संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अपनाउँदै आएका छन् ।

जनयु्द्ध र सांस्कृतिक उत्प्रेरणा

नेपालको माओवादी राजनीतिमा माओ र माओवादसित अभिन्न रहँदै आएका छन् । नेपालमा १० वर्ष माओवादी जनयुद्ध भयो तर त्यो तार्किक निष्कर्षमा पुग्न सकेन, यद्यपि नेपाली जनयुद्ध र जनसंस्कृतिले माओबाट ठूलो उत्प्रेरणा प्राप्त गरेका छन् । फेरि, समकालीन नेपाली राजनीति अत्यन्त चुनौतीका माझ उभिएको छ । सत्तामा दलाल तथा सामाजिक फासिवादीहरूको रजगज छ । यस्तो बेला माक्र्सवादी कवि, कलाकार तथा लेखकहरूको दायित्व कैयौँगुणा बढी हुन्छ ।

राजनीतिक क्षेत्रमा जस्तै सांस्कृतिक फाँटमा पनि गम्भीर चुनौतीहरू नभएका होइनन् । माक्र्सवादी स्रष्टाहरूले यतिबेला मालेमावादको सैद्धान्तिक पथप्रदर्शनलाई गहिरोसित आत्मसात गरी समकालीन संस्कृति, साहित्य र कलाको क्षेत्रमा सशक्त हस्तक्षेप गर्न आवश्यक छ । सामन्तवाद, भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद, दलाल तथा फासिवादी संसदवादका विरुद्धको विचारधारात्मक सङ्घर्षलाई प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनुपर्दछ । वर्गसमाजमा राजनीतिजस्तै साहित्य, कला र संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । आजका कलाकर्मीले वर्गीय प्रतिवद्धतालाई केन्द्र्रमा राखेर आफ्ना सिर्जनामार्फत फासिवादी शिविरमा विष्फोट गर्न आवश्यक छ । संस्कृतिकर्मीहरूले निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्दै र्न आवश्यक छ । माओले पुँजीवादीको शिरोच्छेदन गर्न सांस्कृतिक क्रान्ति गर्नुपर्नाका कारण निकै मननीय छन् । मध्यमवर्गलाई रूपान्तरणको अभियानमा गोलबन्द गर्दै क्रान्तिको, परिवर्तनको, रूपान्तरणको सेवामा लगाएर मात्र आजको दुनियाँमा हामी अघि बढ्न सक्तछौँ । मध्यमवर्गमा रहेको राष्ट्रवादी चेतना र परिवर्तन–आकाङ्क्षालाई मूर्तीकृत गर्न संस्कृतिकर्मीहरूले विशेष ध्यान दिनैपर्दछ ।
नेपालका जनपक्षीय लेखक, साहित्यकार तथा कलाकर्मीहरू सांस्कृतिक क्रान्तिबारे धेरथोर परिचित नै छन् । माक्र्सवादी सौन्दर्यचिन्तनको विकासमा प्लेखानोभ गोर्की, लुनाचास्र्की, लु सुन, क्रिस्टोफर कड्वेल, राल्फ फाक्स, ज्दानोभ, हावर्ड फास्ट, जर्ज लुकाच, फिसर थोम्सनजस्ता कला–चिन्तकहरूले पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । यसमा माओले समेत स्पष्ट मार्गदर्शन दिएका छन् । माओले कला–साहित्य र संस्कृतिका क्षेत्रमा पु¥याउनुभएको योगदानबारे नेपालका जनपक्षीय संस्कृतिकर्मी अनभिज्ञ छैनन् । माओका ‘नौलो जनवादी संस्कृति’, ‘येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन’ र ‘सांस्कृतिक कार्यमा संयुक्त मोर्चा’ जस्ता रचना निकै मननीय छन् । ‘नयाँ जनवादी संस्कृति’ सम्बन्धी रचना तयार पारेर माओले नयाँ संस्कृति र सांस्कृतिक आन्दोलनको दिशालाई सुस्पष्ट पारेका थिए भने ‘येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन’ द्वारा कला–साहित्यका क्षेत्रमा प्रचलित गलत दृष्टिकोणको चिरफार गर्नुका साथै, लेखक–कलाकारलाई माक्र्सवादको अध्ययन गर्न र सही विश्वदृष्टिकोण अपनाउन जोड दिएका थिए । उनले बुद्धिजीवी क्षेत्रबाट आएका लेखक–कलाकारको भावनात्मक रूपान्तरणमा पनि अत्यधिक जोड दिएका थिए । उनको क्रान्तिकारी मसाललाई आफ्नो सिर्जन, चिन्तन तथा कर्ममा प्रज्वलित गर्दै दलाल तथा सामाजिक फासिवादी सत्ताका विरुद्ध प्रतिरोध गर्नु नै असली रूपमा माओलाई सम्झनु हो । यो लडाइँमा विजयी भएर मात्र हामीले माओको ओज र गरिमालाई उँचो बनाउन सक्नेछौँ । माओलाई सम्झनुको अर्थ आमूल परिवर्तनको खातिर सांस्कृतिक क्रान्तिलाई तीव्रता दिनु पनि हो ।

स्वाधीनताको लडाइँ 

नेपालमा यतिबेला राष्ट्रिय स्वाधीनताको आवाज प्रवल रूपमा मुखरित भइरहेको छ । भारतीय साम्राज्यवादले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो सिमानाभित्र समेटेर गरेको नयाँ नक्साङ्कन सार्वजनिक गरेपछि उसको हददर्जाको हेपाहा र मिचाहा प्रवृत्तिप्रति गम्भीर आपत्ति मुखरित भएको हो । झन्डै छ दसकअघि चीन र भारतबिच युद्ध भएका बेला रणनीतिक महत्वको कालापानीमा भारतीय सेनाले खडा गरेको क्याम्प आज पनि जस्ताको तस्तै रहनु नेपाली शासकहरूलाई निकै लाज लाग्नुपर्ने हो, तर त्यसो हुन सकेको देखिँदैन । उल्टै उनीहरूले अहिले राष्ट्रियताको बहानामा गोहीको आँसु बगाइरहेका छन् । अहिले नेपाली जनमासमा प्रश्न उठिरहेको छ कि तत्कालीन नेपाल सरकार र प्रधानमन्त्रीहरू यो विषयमा किन मौन बसे ? यो मौनताको रहस्य के हो ? आज नेपाली जनताले यसको उत्तर खोजिरहेका छन् । भारतसितको सीमा समस्या समाधानमा पटक्कै ध्यान नदिने नेता, कुटनीतिज्ञ तथा राजनीतिक दलहरू अहिले न्वारानदेखिको बल लगाएर चिच्याउनुको के अर्थ ? २०७२ को नाकाबन्दीपछि नयाँदिल्ली पुगेका बेला प्रधानमन्त्री ओलीले कालापानी समस्यालाई किन गम्भीरतापूर्वक उठाएनन् ? अहिले भारतीय ‘नक्साकाण्ड’ को सूत्रपात हुनुमा नेपाली शासकहरूको लाचारी र लम्पसारवाद मुख्य कारण हो । अहिले पनि भारतको ‘बडिल्याङ्वेज’ ले ऊ कुनै पनि हालतमा कालापानी छोड्ने पक्षमा देखिँदैन । त्यति मात्र होइन, उसको विकिपिडियाको अङ्ग्रेजी संस्करणमा कालापानी टेरिटोरी आफ्नो भएको भन्दै निकै अघिदेखि अन्तर्राष्ट्रियकरण गरिसकेको छ । तर, यस्तो गम्भीर र संवेदनशील विषयमा नेपाल सरकार र विशेषतः नेपालको परराष्ट्र मन्त्रालय बेखबर हुन मिल्छ ?
लिम्पियाधुरादेखि कालापानीसम्मको नेपाली भू–भाग समेटेर भारतको नक्सा सार्वजनिक भएपछि यसले नेपाली जनतालाई आक्रोशित बनाउनु अस्वाभाविक होइन । यसले नेपाली सत्तासीनहरूका राष्ट्रघाती अनुहार पनि छर्लङ्ग बनाएको छ । अहिले सडकमा देखिएको ‘सरकारी’ नक्कली राष्ट्रवादका झाँकीले समस्या समाधानभन्दा पनि भारतीय शासकहरूकै गुलामीको भाव बुझ्न कुनै आइतबार कुर्नुपर्दैन । सबैभन्दा पहिले भारतले कालापानीबाट आफ्नो सेना तुरुन्त फिर्ता गरोस् । नेपाली सत्तासीनहरूको लम्पसारवादी चरित्रका कारण पनि भारतीय शासक निरन्तर नेपाली सीमा अतिक्रमण गर्न हौसिँदै आएको प्रस्टै छ । अझ उदेकलाग्दो कुरा लिम्पियाधुरा नेपालको नक्सामै नहुनु हो । लिम्पियाधुरा नेपालको आधिकारिक भू–भाग रहेको कुरामा कुनै विवाद हुन सक्तैन । यो समस्या यथासक्दो शीघ्र र सम्मानजनक समाधान भएन भने यसलाई तुरुन्त अन्तर्राष्ट्रियकरण गर्नुको कुनै विकल्प छैन । जनयुद्धलाई इतिहासको कष्टकर कथाका रूपमा होइन, अग्रगामी र सुन्दर भविष्यको प्रेरणाका रूपमा लिनैपर्दछ । माओले जापानका विरुद्ध संयुक्त मोर्चा बनाएर लडेका थिए । माओलाई सम्झनुको अर्थ राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त रूपमा उभिनु पनि हो ।

उपसंहार

विश्व सर्वहारावर्गका महान् नेता माओको संस्मरण र सम्मानमा विश्वभर १२७ औँ माओ दिवस मनाइँदैछ । साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको यतिबेला क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिँदै जनक्रान्तिको बाटोमा अघि बढ्नु अपरिहार्य छ । माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पकड्नु हो, क्रान्ति पूरा गर्न प्रतिबद्ध हुनु हो । २६ डिसेम्बर अर्थात् माओ दिवसको यस महान् अवसरमा हामी माओ जे–दोङप्रति विशेष स्मरण र सम्मानका साथ अभिवादन गर्न चाहन्छौँ । हामी उनको जन्मदिनलाई उत्सवको रूपमा मनाइरहेका विश्वभरका श्रमजीवी तथा उत्पीडित जनसमुदायमा न्यानो अभिवादन गर्न चाहन्छौँ । अन्तमा प्रस्तुत छ इच्छुक रचित ‘प्रतिबन्ध’ कवितांश ः
ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमान जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
९ पुस, २०७६

You might also like
Loading...