नेकपामा सभामुखले तनावः पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब


  • पत्रपत्रिका/नागरिक दैनिकबाट –


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्।




पूर्वमाओवादी समूहका नेताहरुले दाहाल निवास खुमलटारमै पुगेर दबाब दिएका हुन्। दाहालले आफ्नै समूहबाट आएको दबाब थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषय टुंगो लगाउन सकेका छैनन्। दाहाल निवासमा पूर्वमाओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन्।

दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन्। ‘हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरुलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं। सभामुखको विषय टुंगिएको छैन’, पौडेलले भने।

सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ। एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा पार्टीका कार्यकारी अध्यक्ष दाहाल निवासमा सोही विषयमा छलफल भएको थियो। दाहालले सभामुख पद कार्यकारी अध्यक्षसँग साटेको हल्लापछि पूर्वमाओवादी नेताहरुले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतले जनायो।



सम्बन्धित
Loading...