डिफेन्डिङ च्याम्पियन एपीएफ लगातार तेस्रो पटक फाइनलमा

87

डिफेन्डिङ च्याम्पियन नेपाल एपिएफ क्लब लगातार तेस्रो पटक होङ्वान्जी न्यु डायमण्ड राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकाे छ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले उपाधी भिडन्त पक्का गरेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा भएको सेमिफाइनलमा ३–० को सोझो सेटमा विजयी हुँदै एपीएफ फाइनल प्रवेश गरेको हो । एपीएफले २५–१४, २५–१८ र २५–१७ ले पुलिसको चुनौती पाखा लगाएको छ ।

घरेलु भलिबलमा सबैभन्दा सफल टिम एपीएफ जारी प्रतियोगितामा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने पुलिसले समूह ‘बी’को उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

अब एपीएफले आयोजक न्यू डायमण्ड तथा त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

You might also like
Loading...