कलेज बसको ठक्करबाट दुईको मृत्यु

330




कलेज बसले ठक्कर दिँदा धनुषाको लक्ष्मीनिया गाउँपालिकामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका– ७ पर्सापकडियाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वर नगरपालिकाका २५ वर्षीय अनवर राइन रहेका प्रहरीले जनाएको छ ।

धनुषाको ढल्केबरबाट जनकपुरधामतर्फ आइहेको ज१क २८२ नम्बरको मोडेल मल्टिपल कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई लक्ष्मिनिया गाउँपालिकामा ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकको लापरवाहीका कारण उनीहरूको मृत्यु भएको भन्दै स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । स्थानीयवासीले बसमा आगजनीसमेत गरेका छन् ।

You might also like
Loading...