राष्ट्रिय हितमा राखेर मात्रै एमसीसी सम्झौता हुन्छः प्रचण्ड


दीपक भट्टराई –





नवलपुर १० माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय अनुकुल हितमा राखेर मात्रै एमसीसी सम्झौता हुने बताएका छन् ।
एमसीसी सम्झौताबारे अमेरिकासँग पुन संवाद गरी परिमार्जन गरेर मात्र सम्झौता अगाडि बढाउन सकिने बताए ।
नेकपा जिल्ला कमिटी नवलपुरले देवचुलीमा आज गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पाटी एकता प्रकृया केही ढिला भए तापनि मुलभुत रूपमा एकता प्रकृया टुंगिएको बताउदै बाँकी काम केही दिनमै टुङ्गिने विचार समेत व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबन्धनले नेपालको राजनितिक मार्ग चित्रलाई नै बदलेको बताउँदै राष्ट्रिय सभाको निर्वाचनले नेकपा देशकै ठूलो र बलियो पाटी भएको सन्देश दिएको समेत बताए ।
प्रचण्डले सुस्ता र कालापानी लगायतका सिमा विवाद बारे दुई देशबीच छलफल भईरहेको बताउँदै विवाद समाधानका लागि सरकार लागिपरेको समेत बताए ।
प्रचण्डले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसक्दा जनतामा केही नैराश्यता देखिएको बताउदै आगामी बजेट जनमुखी बनाउन छलफल समेत भईरहेको बताए ।
प्रचण्डले सुस्ता र कालापानी क्षेत्रको सीमा विवाद गम्भीर भएको बताएका छन् ।
उनले नेपाल सरकारले सीमा विवाद समाधानका लागि भारत सरकारलाई ‘डिप्लोमेसी नोट’ पठाएको बताए । उनले नेपाल, भारत दुवै देशका प्रधानमन्त्रीस्तरमा यसबारे छलफल हुने जानकारी दिए ।







सम्बन्धित
Loading...