रुकुम हत्याकाण्डका दोषीलाई कारवाहीको माग गर्दै गैडाकोटमा प्रदर्शन
रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै गैंडाकोटमा नेपाल दलित एकता समाज मुकुन्दपुर १०–१३ ले गैंडाकोटले घटनाका दोषिलाई कडा कारर्वाहिे र दलित समुदाय माथिको विभेदको अन्त्यको माग राख्दै गैंडाकोट १० को कोटिहोम चोक देखि गैंडाकोट १३ को बेल्डिहा चोकसम्म प्ले कार्ड सहितको शान्तिपुर्ण बिरोध ¥याली निकालेको छ ।
२१ आंै शताब्दीमा पनि अन्तर जातिय विवाहको कारण नवराज बि क लगाएत १९ जना माथी अमानविय शैलीमा पुरै गाउँले उत्रियर लखेटी लखेटी कुटेर मराणासन्न बनाएर भेरी नदीमा फल्ने काम भएको र जसबाट कलिला देशका मेरुदण्ड मानीने ५ युवाको मुत्यु , १ वेपत्ता र १२ घाइते छन् । यस घटना जनप्रतिनीधी वडाध्यक्ष कै नेतृत्वमा हुन गएकोले कानुन राज्यको धज्जी उडेको र जनप्रतिनीधी प्रतिको विश्वास जनतामाँझ घट्न पुगेको छ । यस घटनाबाट आज सिगो देशनै स्तब्ध भएको र यसमा गम्भिर ध्यानकर्षण भएको छ । यस्ता कुर धटनालाई पनि राजनितिकरण गरेर मानबता र मानवअधिकार नै ध्वस्त बनाउने षड्यन्त्र भएको हुदा यस घटनालाई स्वतन्त्रपुर्बक छानविन गर्नुपर्ने माग राखेका छन् ।
घटनाको निश्पक्षीय छानबिन सहित घटनामा संम्लग्न जनप्रतिनीधी लगाएत सम्पुर्णलाइ नेपालको कानुन बमोजीम हदै सम्मको कार्वाही गर्न ,मृतकको परिवारलाई क्षतिपुर्ति दिन, आउदा दिनहरुमा यस्ता घटना हुन नदिन सचेतना कार्यक्रम सरकारबाट लागु गरीनुपर्ने माग सहितको प्लेकार्ड बोकेका थिए ।
¥यालीमा कसैले नवराज बि.क को फोटो बोकेको थिए भने कसैले हत्यारालाई फसीदे, जातिय हिसां अत्य गर,कानुनि राज्यको पालना गर, सम्पुर्ण उत्पिडीत वर्ग एक हौं जस्ता नारा लगा्उका थिए । उक्त कार्यक्रमा नेपाल दलित एकता समाजका गैंडाकोट १०–१३ का अध्यक्ष किष्ण बहादुर किसन, सचिव ज्ञानु रमतेल अन्य सदस्यहरु सुदिप गोपाल राजुमार वि.क, राजु परियार, सन्तु परियार, स्थानीय समाजसेवी अभियन्ता बिबि खराल लगायत आदिको उपस्थिती रहेको थियो । कोटिहोमबाट शुरु भएको बिरोध र्याली बेल्डियामा पुगेर सभामा परिणत भएको थियो ।