नवलपरासीमा मोबाइल पसलमा चोरी गर्ने समान सहित पक्राउ


परासी । पश्चिम नवलपरासी प्रहरीले मोबाइल पसलमा चोरी गर्नेलाई चोरीको सामग्री सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार पाल्हीनन्दन ३ बेलासपुर बस्ने पप्पु ठाकुरलाई चोरीको सामग्री सहित पक्राउ गरेको हो ।





उनका साथबाट प्रहरीले विभिन्न ब्राण्डका पुरानो मोबाइल ६ थान, पुृरानो डेक्सटप कम्प्युटरको डिस्प्ले मनिटर १ थान, विभिन्न ब्राण्डका मोबाइल कभर ८३ थान, विभिन्न ब्राण्डका मोबाइल बेट्री २६ थान, मोबाइल हाउजिङ ६ थान, एरफोन १७ थान, डाटा केवल ५ थान, मोबाइल चार्जर ६ थान, मोबाइल डिस्प्ले ५ थान, स्टिकर १० थान र मल्टिमिटर १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
गएराति २ बजेको समयमा बाटोमा शंकास्पद गतिविधि गरी हिडेको प्रहरीले देखेपछि उनलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई उक्त सामग्री सहित पक्राउ गरेको हो ।
घटनाको अनुसन्धानको क्रममा उनले उक्त सामग्रीहरु सुनवल नगरपालिका २ स्थित इशरायल मोबाइल एण्ड इलोक्ट्रोनिक सेन्टरबाट चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
मोबाइल पसल सञ्चालकले भने शुक्रबार विहान मात्र आफ्नो मोबाइल पसल चोरी भएको थाहा पाएका थिए ।




सम्बन्धित
Loading...