बुटवल नारायणगढ सडक खण्ड १० घण्टा पछि खुल्यो – भिडियो सहित

150




नवलपरासी । बाढीका कारण सडकको डाइभर्सन बगाएपछि अवरुद्ध भएको बुटवल नारायणगढ सडक १० घण्टा पछि खुलेको छ ।
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगतको पूर्वी नवलपरासीको गैडाकोट ९ थुम्सीमा विहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक दिउँसो २ बजेतिर खुलेको हो ।

लगातारको वर्षाले राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन समेत बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको थियो ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण थालेको बुटवल–नारायणघाट सडकको दाउन्ने–गैंडाकोट खण्डमा सडक निर्माणका क्रममा कलभर्ट बनाउन डाइभर्सन बनाइएको थियो ।
अहिले बगाएको डाइभर्सनलाई अहिले बनाएर पुन बाटो यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीषक चन्द्रबहादुर थापाले बताए ।
अहिले दुई तर्फी नै यातायात सञ्चालनमा आएको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम दुवैतर्फ ३/४ किलामिटर लामो सडक जाम भएको थियो ।

 

You might also like
Loading...