सुनको भाउ बढेको बढ्यै, प्रतितोला एक लाख पुग्न लाग्याे


सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ ।

नेपाली बजारमा सुनको भाउ बुधबार  छापावाल सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

हिजाे मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ ।

सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।




सम्बन्धित
Loading...