केन्द्रले सहयोग नगर्दा त्रिवेणी नाकामा सडक लैजान सकिएन: मुख्यमन्त्री गुरुङ
- नारायण शर्मा
नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले संघिय सरकारले सहयोग नगर्दा भारतियसिमानासंग जोडिएको त्रिवेणी नाकामा पक्की सडक लैजान नसकिएको बताएका छन् ।
https://www.youtube.com/watch?v=9aJBWQAssaM
गण्डकी प्रदेशको भारतीय सिमानासंग जोडिने एक मात्र दुम्किवास त्रिवेणी सडक निर्माणका लागि चितवन निकुन्ज र संघिय मन्त्रालय मातहत रहेको वन कार्यालयले सहयोग नगरेका कारण काम हुन नसकेको उनले बताए । महेन्द्रराज मार्गमा पर्ने पुर्वी नवलपरासीको दुम्किवास वजारवाट १९ किलोमिटर दक्षिणमा वन क्षेत्र हुदै त्रिवेणी नाका जोडन पर्ने माग उठिरहे पनि काम हुन नसकेको वारेमापत्रकारले सोधेको प्रश्नको जवाफदिदै मुख्यमन्त्रीले त्यसो भनेका हुन् ।
https://www.youtube.com/watch?v=0_wPGT0KXHo
शनिवार कावासोतीमा प्रेश संगठनद्धारा आयोजितपत्रकार सम्मेलनमाबोल्दै उनले प्रदेशकै प्राथामिकतामा रहेको त्रिवेणी दुम्किवास पक्कि सडक बनाउनआफनो अथकप्रयास रहेको र निकुन्जको बाधा अबरोध चाडै हटाउने बारेमा पटक पटक छलफल भएको उनले सुनाए ।
नेपालको संघियता कार्यान्वयनको चरण केही सुधारोन्मुख देखिएको दावी गर्दै मुख्यमन्त्रीले प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्योजन गर्न आनकानी गर्दै आएको संघिय सरकार पछिल्लो समयमा केहि चलकहुदै गएकाले आफु उत्साहित रहेको सुनाए ।
अर्को प्रसंगमामुख्यमन्त्री गुरुंगले प्रधानमन्त्रीको राजिनामामाग्ने अधिकार कसैको नभएको दावी गरे । ५ वर्षका लागि ओली नै प्रधानमन्त्री र स्थिर सरकारका लागि भनेर जनताले दुई तिहाइको सरकार दिएको चर्चा गर्दै बहुमतको प्रधानमन्त्री हटाउने पक्षमा ६ वटै प्रदेश सरकार नरहेको र संघिय सांसदहरु प्नि त्यसको बिरुद्ध रहेको दावी गरे । उनले पार्टि भित्रको बेमलका कारण अन्य उपाएबाट हलगर्न सकिने दावी गर्दै राजिनामा राजनितिको निकास नभएको स्पष्ट पारे ।
https://www.youtube.com/watch?v=WHZj8IeGhRs