भारतबाट चोरबाट मल ल्याउँदै नवलपरासीका किसान


  • रामकरण हरिजन –



परासी । धानमा मल हाल्ने बेला भईसक्दा पनि किसानहरुले धानमा मल हाल्न नपाएपछि पश्चिम नवलपरासीका किसानहरुले चोर बाटो प्रयोग गरेर भारतबाट मल ल्याउन थालेका छन् ।
उनीहरुले भारतमा गई मल किनेर खेतको बाटो दशगजा हुँदै नेपालमा मल भित्र्याउने गरेका छन् ।
परासी स्थित पत्रकार रामकरण हरिजनका अनुसार पश्चिम नवलपरासी पाल्हीनन्दन गांउपालिका वडा नं ५ गेरमा नाकाबाट किसानहरु भारतबाट धानको खेतखेतबाट मल ल्याउने गरेका छन् ।

https://www.youtube.com/watch?v=0_wPGT0KXHo




लकडाउनका कारण नेपाल भारत सीमा सिल भएपछि उनीहरुले चोरबाटो प्रयोग गरेर मल ल्याएका हुन् । नजिकको भारतीय बजारमा समेत मल अभाव भएको किसानहरुले बताएका छन् ।
नेपाल सरकारले किसानहरुका लागि समयमा बीउ खाद ब्यवस्थापन नभएर किसानहरु खेती गर्नमा निकै अपठयारो भएको यहाँका किसानहरुले बताएका छन् ।

https://www.youtube.com/watch?v=WHZj8IeGhRs&t=4s



सम्बन्धित
Loading...