तनहुँको भानु नगरपालिका १ साता बन्द

71







तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका १ साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा १ साताका लागि बन्द गरेको हो ।

नगरवासीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी २ भदौसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए । उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रूपमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको र कार्यालयहरूमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

‘कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि सङ्क्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयहरूबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ’, उनले भने ।

You might also like
Loading...