नेपालमै पहिलो पटक अनलाइन तेक्वान्दो प्रतियोगिता हुँदै

चितवन बाट सहभागी सबै खेलाडिको खर्च रमेश कार्किले बेहोर्ने


केशब  तिवारी घायल, भदौ ११ चितवन । नेपाल तेक्वान्दो संघ अन्तर्गत नेपालमै पहिलो पटक “प्रथम काठमाण्डौं खुल्ला राष्ट्रिय तेक्वान्दो पुम्से अन लाइन च्याम्पियनशिप” प्रतियोगीता हुने भएको छ। यहि भाद्र १३ र १४ गते हुन गइरहेको अनलाइन प्रतियोगितामा चितवन जिल्ला अन्तर्गतको चितवन तेक्वान्दो डोजाङ बाट ८ जना र न्यु लाइफ तेक्वान्दो डोजाङ बाट २ गरि जम्मा १० जना खेलाडीहरुले सहभागीता जनाउंदै छन ।

चितवन बाट प्रतिनिधित्व गरि सहभागीता जनाउने खेलाडिहरु महमद उमर खान, अभिषेक गिरि,अब्बास खान,उस्मन कार्की, सागर बराल, जैनब खातुन,आचल बच्पेय,अब्बास अन्सारी,साहिल श्रेष्ठ र मनिस महत्तोका लागि च्याम्पियनसिपमा लाग्ने सम्पुर्ण खर्च तेक्वान्दो कै अन्तर्राष्ट्रिय नेपाली खेलाडी तथा भारतीय सेनामा कार्यरत रमेश कार्की ले गर्नु भएको चितवन जिल्लाका अन्तर्राष्ट्रिय प्रशिक्षक ग्राण्ड मास्टर रोशन खान ले जानकारी दिनु भएको छ। बिगत केही समय अघि देखि कार्की आफूले तेक्वान्दोकै कारणले गर्दा थुप्रै अवसरहरू प्राप्त गरेका कारणले सधैं खेललाई माया गर्ने र निम्न बर्गका खेलाडी हरुलाइ भौतिक तथा आर्थिक रुपमा सक्दो सहयोग गर्दै आइरहेका छन ।

बिगत दिनहरुमा पनि कोभिड-१९ को कारण समस्यामा पर्नु भएको खेलाडिको परिवार हरु र निम्न बर्गका परिवार हरुलाइ समेत आर्थिक रूपमा सहयोग गर्दै आएका कार्की एउटा कुशल ,अनुशासित र सहयोगि मन भएको खेलाडीको रुपमा परीचित छन उनी भारतिय सेनाको कार्यकाल पछि जिल्ला र राष्ट्रकै कुशल प्रशिक्षक बन्न सक्ने खुबी भएका खेलाडी हुन्। उनको सुझाव सल्लाह खेलाडि हरुको भविस्य को लागि अति राम्रो भएको जिल्लाका ग्राण्ड मास्टर खानले बताउनु भएको छ।

कोभिड-१९ का कारण बिश्वभर अस्तब्यस्त भैरहेको खेलकुदलाइ अनलाइनका माध्यमद्वारा अन्य बिकसित मुलुकहरुले संचालन गर्दै आइरहेपनी नेपालमा भने पहिलो पटक संचालन हुन लागेकाले देशैभरका तेक्वान्दो खेलाडीहरु निकै हर्षित भएका छन ।







सम्बन्धित
Loading...