कांग्रेसका महामन्त्री डा. कोइरालालाई कोरोना पुष्टि

103







काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डा. कोइरालाले आफ्नो फेसबुकमार्फत आफूलाई कोरोना भएको जानकारी गराएका हुन् ।

मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । 
dr koirala.jpg

You might also like
Loading...