आज थप १ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ काे मृत्यु, ९७२ निकाे


काठमाडौं । नेपालमा आज थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको ५१ हजार ९१९ पुगेको छ ।




त्यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । याेसँगै अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे छ ।





सम्बन्धित
Loading...