देवचुली नगरपालिका कार्यालय ३ दिनको लागि बन्द

70







देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको कार्यालय ३ दिनको लागि बन्द भएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछी आज २८ गते देखि ३० गते ३ दिन सम्मको लागि नगरपालिका कार्यालय बन्द भएको हो ।

देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलका अनुशार स्वास्थ्य सेवा लगाएत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । नगरपालिका कार्यालय भवनमा रहेका वडा बाहेकका अन्य वडाको सेवा भने सम्बन्धित वडा कार्यालयबाट प्रवाह हुने सिग्देलले बताउनुभयो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको भाद्ध २७ गते प्राप्त रिपोर्ट अनुशार देवचुली नगरपालिकामा कार्यरत ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

You might also like
Loading...