जिल्लाका जुवा तास र नदी दोहन रोक्छुः नवलपुर एसपी मल्ल

1,272







कावासोती । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले नवलपुरमा हुने जुवातास, लागुऔषध कारोबार, नदीजन्य वस्तुको दोहन रोक्ने बताएका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपुरमा आयोजित पत्रकारहरुसँगको परिचयात्मक तथा पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नवलपुर आए लगतै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुमा कोरोनाको संक्रमण देखिएका कारण सामुहिक भेटघाट तथा छलफल अगाडि बढाउन नसके पनि अन्य तरिकाबाट छलफल तथा परामर्श भने जारी रोखेको बताए ।
उनले भने – जुवा तासदेखि नदीजन्य वस्तुको दोहन रोक्नु यहाँको प्रमुख चुनौती देखिएको छ । हामी आर्थिक प्रलोभनमा नपरी राक्ने छौं ।
यस अघि इलाका प्रहरी कार्यालय गैडाकोटमा समेत प्रमुखको रुपमा कार्य गरिसकेका मल्ल जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रमुख भएर आएका हुन् । प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणको सञ्चालनमा भएको कार्यक्रममा पत्रकारहरुले नवलपुरको समग्र सुरक्षा चुनौतीको बारेमा जानकारी गराएका थिए ।
मल्लले भने – म आफू पनि कुनै आर्थिक प्रलोभनमा पर्दिन्न र म मातहतलाई पनि पर्न दिन्न । प्रहरीकै संरक्षणमा तस्कर मौलाएको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले यस्ता कुरामा केही सत्यता भए पनि आफूबाट भने कुनै पनि हालतमा अपराधलाई संरक्षण नगर्ने बताए ।

पत्रकार भेटघाटको पुरा भिडियो …………

You might also like
Loading...