आफ्नै घरमा काम गर्ने क्रममा गैडाकोटमा छतबाट खसेर मृत्यु

639







नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा बुधबार विहान आफ्नै घरमा काम गर्ने क्रममा घरको छतबाट खसेर एक जनाको निधन भएको छ ।

घर मर्मत गरिरहेको बेला घरको तेस्रो तल्लाबाट खसेर गैडाकोट ५ भवानी मार्ग निवासी ५१ बर्षीय त्रैलोक्यनाथ खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।  मृतक खरेल गैंडाकोटको जनक उच्च मा. वि. का शिक्षक समेत हुन् ।

विहान ७ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका खरेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा बुधबार बिहान १०ः४० मा निधन भएको र घटनाको अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...