दाउन्नेको सडक एकतर्फी सञ्चालनमा





कावासोती । बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासीको दाउन्नेमा खसेको पहिरोको कारण अवरुद्ध सडक शुक्रबार विहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार हिजो विहान ४ बजेदेखि अवरुद्ध सडक आज विहान साढे ४ बजेबाट सञ्चालनमा आएको हो ।
दाउन्नेको विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो गएको छ । पहिरोमा हिजो साँझ एउटा बस पुरिंदा एक जनाको निधन भएको थियो भने १७ जना घाइते भएको थियो ।







सम्बन्धित
Loading...