म ‘ओरिजिनल’ माओवादी होइन : प्रचण्ड




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्।

नेकपा मोरङले चाडबाडको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। शुभकामना आदनप्रदान तथा प्रशिक्षणमा कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दाबी पनि गरे।




‘जसरी मदन मण्डारी झापा विद्रोहकालीन अरिजिनल माले हुनुहुन्नथ्यो, त्यसैगरी म पनि ओरिजिनल माओवादी होइन,’ अध्यक्ष प्रचण्डले भने ‘हामी दुवैजना तात्कालीन पुष्पलाल समूहमा आवद्ध सदस्यहरू थियौँ।’

उनले मदन भण्डारी र प्रचण्डबीच राजनीतिकरूपमा रहेका संयोग र समानताका किस्सा सुनाउँदै भने ‘मदन भण्डारीको अनुपस्थितिमा प्रचण्ड नै मदन भण्डारी हो।’



सम्बन्धित
Loading...