नेपाली भूमि फिर्ता माग्दै नेविसंघको कावासोतीमा राँके जुलुस

नवलपुर । भारत सरकारले नेपाली भूमिलाई आफ्नो भुभागमा समेटेकोमा नवलपुरका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। विहीबार नवलपुरको कावासोतीमा विद्यार्थीहरूले विरोध जुलुस प्रदर्शन गरेका छन्।
विहीबार सॉझ नेविसंघ नवलपुरले रॉके जुलुस निकालेको छ ।
लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा कावासोतीमा मा पनि ‘गो व्याक इण्डिया’ को नारा लगाईएको हो । कावासोतीको इन्द्रचोकबाट सुरु भएको जुलुस फलफुलचोकमा गएर कोणसभामा परिणत भएको छ ।
यालीमा सहभागीले ‘गो व्याक इण्डिया’, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए ।विरोध जुलुसमा पूर्व केन्द्रिय सदस्य आरसी भट्टराई, गणेश सापकोटा, जिल्ला अध्यक्ष राजेश पौडेल लगायतले बोलेका थिए।