नवलपुर जेसिज सप्ताहाव्यापी कार्यक्रम समापन

0

कावासोती । नवलपुर जेसिजको सप्ताहाव्यापी कार्यक्रम सकिएको छ ।
असोज १७ गते देखि सुरु गरेको आफ्नो सप्ताहाव्यापी कार्यक्रममा सहभागीहरुलाई पुरस्कार प्रमाण पत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको हो ।
जेसिज नवलपुरले साताहाव्यापी कार्यक्रम अन्तरगत पुस्तकालय हस्तान्तरण, अन्तर विद्यालय चित्रकला, स्रष्टा सम्मान, मौलाकालिका अपाङ सेवा संस्थामा खाद्यान्न तथा लत्ता कपडा वितरण, खुल्ला दौड प्रतियोगिता, जल व्यवस्थापन सम्बधि अन्तरक्रिया, जेसिजको भवन उद्घाटन, प्रोजेक्ट सुजल लगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो ।
जेसिज वर्ष २०१८ का अध्यक्ष त्रिभुवन तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला शिक्षा ईकाई प्रमुख कृष्णचन्द्र पोख्रेल, नेपाली काँग्रेसका जिल्ला सचिव वालकृष्ण घिमिरे लगायतको सहभागिता रहेको थियो ।







सम्बन्धित
Loading...