नेकपाको सचिवालय बैठक सर्यो
काठमाडौं, असोज २४
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सरेको छ। आज बुधबार बस्ने भनिएको बैठक २७ गतेका लागि सरेको हो।
नेताहरुको व्यवस्ताका कारण बैठक सरेको जनाइएको छ। अध्यक्ष प्रचण्डकाका प्रेस सहयोगी विष्णु सापकोटाले प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक सरेको हुनसक्ने बताए।
नेकपाको सचिवालय बैठकमा माधव नेपालले लिखित रुपमा राखेको फरक मतबारे बुधबार छलफलको तयारी थियो। त्यस्तै बैठकले काठमाडौं – ७ मा रामवीर मानन्धरलाइ राजीनामा गराएर बामदेव गौतमलाई उप निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गर्ने तयारी थियो।