नवलपुरमा नेकपाको पार्टी कार्यालय उद्घाटन, जिल्ला सचिवको जिम्मेवारी नारायण तिमिल्सिना र सुस्मा खनाललाई

0

गाउंपालिकामा ६ जना र नगरपालिकामा ८ जना कार्यको कार्यदल गठन




रामकुमार श्रेष्ठ
नवलपरासी, २४ असोज ।
बुधबार नेकपा नवलपुरको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
नेकपाका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् । केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य तिलक महतको अध्यक्षतामा भएका कार्यक्रमको सञ्चालन अर्का केन्द्रिय सदस्य किसान शर्मा गैरेले गरेका थिए ।
कार्यक्रममा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तत्कालिन नेकपा माओवादी केन्द्रको कार्यालय रहेको कार्यालयलाई नेकपाको जिल्ला कार्यालय राखिएको छ ।
कार्यालय उद्घाटनसंग आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार स्थानीय तहमा पनि कार्यदल गठन गरिएको छ ।
गैडाकोट नगरपालिकामा षडानन्द लामिछाने, देवीदत्त कंडेल, जगन्नाथ पौडेल, धु्रवराम पौडेल, दुर्गा ढुंगाना, दुर्गा भुसाल, गोपी कंडेल, युवराज रिमाल रहेको कार्यदल गठन गरिएको छ ।
त्यस्तै देवचुली नगरपालिकामा कृष्णबहादुर केसी, हेमन्त श्रेष्ठ, खगराज कंडेल, डिलाराम पाण्डे, इन्द्रप्रसाद भुसाल, कृष्ण तिवारी, नेत्र पाण्डे र प्रेमा खनाल, कावासोती नगरपालिकामा विष्णु ढुंगाना, केदार घिमिरे, नारायण तिवारी, ऋषिकेश भट्टराई, गुरुप्रसाद अधिकारी, नारायण लोहनी, एकादत्त वस्ती, रमिला भुजेल र मध्यविन्दु नगरपालिकामा केदार पराजुली, दुर्गाप्रसाद भुर्तेल, रामभक्त अधिकारी, होमबहादुर गुरुङ, झिनकराम महतो, हरि पाण्डे, धनकला भण्डारी र दुर्गा रसाइली रहेको कार्यदल गठन गरेको छ ।
त्यसैगरी विनयी त्रिवेणी गाउंपालिकामा लक्ष्मणबहादुर पाण्डे, कृष्ण पाण्डे, कृष्णबहादुर विक, दमयन्ती रुचाल, सुरज कुहार र राजकुमार श्रेष्ठ, हुप्सेकोट गाउंपालिकामा पूर्णप्रकाश विक, चन्द्रबहादुर राना, मेकबहादुर पुलामी, नयाँदत्त गौतम, झविलाल राना र टेकनाथ सिग्देल, बौदीकाली गाउँपालिकामा टंक माकिम, टंक गिरी, दिपकचन्द्र बस्ताकोटी, लालबहादुर रेश्मीमगर, थर्कबहादुर घर्ती, र टिकीराम थापा मगरलाई कार्यदलको जिम्मेवारी प्रदान गरिएको छ ।




सम्बन्धित
Loading...