तिर्थ हिडेका महताे घर नफर्किएपछि अाफन्त चिन्तित
नवलपुर, २५ असाेज।
एक साता अघि तिर्थ गएकाे नवलपुरकाे देवचुली नगरपालिका २ दुम्कौलीका विनाेद महताे घर नफर्किए पछि उनका परिवार र अाफन्त चिन्तामा डुबेका छन् ।
असोज १७ गते तिर्थका लागि भनेर भारतको गयाकाशी
हिडेका देवचुलि २का विनोद महतो बाटो बाटै बेपत्ता भएको परिवारले जनाएको छ ।
गाउँमा रहेका करिव ५० जनाको समुह मिली तिर्थ गर्न हिडेका महतो भारतको गया भन्ने स्थानबाट बेपत्ता भएको जनाइएको छ।
तिर्थ हिडेका अरु तिर्थालुहरु खाना खान गयामा ओर्लिने क्रममा त्यहाबाट हराएका महतो नफर्के पछि भारतिय प्रहरीलाई खबर गरिएको र भारतिय प्रहरीले पनि खोज तलास गरि रहेको पारिवारीक स्रोतले जनाएको छ । विनोदका दाजु शिवले आफ्नो भाइ तिर्थ जादा हराएको र खोजि गरि दिन आग्रह समेत गरेका छन । दाजु शिवले भाइ विनोदलाई नेपालमा कसैले फेला पारेमा ९८४७०९५५४२ मा सम्पर्क गरिदिन आग्रह समेत गरेका छन ।