महेसपुर भन्सारको राजस्व डेढ करोड

0 170







नवलपरासी (महेसपुर) , २२ असोज । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले अढाई महिनामा डेढ करोड रुपैया राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिना देखि असोज १९ गते सम्ममा १ करोड ५५ लाख ७५ हजार २८६ रुपैया राजस्व सकंलन गरेको जनाएको छ ।

 

कार्यालयले असोज महिनाको १९ गतेसम्म मात्र ६१ लाख रुपैया राजस्व उठाएको छ । यो राजस्व अरु महिनाको तुल्नामा बढि देखिएको छ ।
महेसपुर भन्सार श्रावण महिनादेखि मुल भन्सार भएपनि राजस्वमा संकलनमा बृद्धि भने हुन सकेको छैन ।

भन्सार मुल भएपनि यस नाकामा व्यपारी र कारोबारको चार्मिङ्ग भने कमै देखिएको छ । यस नाकामा सिमा पारी र वारी फराकिलो बाटो र क्वारेन्टाईनको समस्याले ठुला व्यपारीहरु आउन हिच्किचाएको हुन सक्ने कार्यालयको अनुमान छ ।

You might also like
Loading...