सशस्त्र प्रहरीद्धारा ६१ हजारको पटाखा बरामद

0 310







नवलपरासी, २२ असोज । शसस्त्र प्रहरी बल बिओपी हरपुरले ६१ हजार रुपैया बराबरको विष्फोटक पदार्थ पटाखा बरामद गरि नष्ट गरेको छ । गएराती भारतको ठुठीबारीबाट नेपाल भित्राउदे गरेको अवस्थामा शसस्त्र प्रहरी निरिक्षक राजकुमार अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा चोकबाट करिब ६१ हजार रुपैया बराबरको पटाखा बरामद गरि नष्ट गरेको हो ।
सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी एवं अपराधिक क्रियाक्लाप नियन्त्रण गर्न शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राईको निर्देशनमा हरपुर बिओपी प्रमुख ईन्पेक्टर अधिकारीले सिमा क्षेत्रमा कडा निगरानी बढाएका छन् ।

पटाका नेपाल भित्राउदै गरेको अवस्थामा प्रहरी टोलीले १५ हजार ४ सय पिस पटाखा बरामद गरेको हो । पटाखा कारोबारीले प्रहरीलाई देखेपछि पटाखा छोडेर फरार भएका थिए । बरामद पटाखा खाल्टो खनी पुरिएर नष्ट गरिएको बिओपी हरपुरले जनाएको छ ।

You might also like
Loading...