नयाँ शक्ति नवलपुरले बुझायो ज्ञापन पत्र

0 163







नवलपुर, २२ असोज । नयाँ शक्ति पार्टी नेपाल नवलपुरले सोमबार जिल्लाप्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नयाँ शक्ति पार्टी नेपाल नवलपुरले देशमा बढिरहेको महिलामाथि भएका बलत्कार, जघन्य हिंसा, भ्रष्टाचार कमिसन खोरी र राज्य विहिनताको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै ज्ञापन पत्र बुझाएको हो ।
आठ वुदे मागसहित जिल्ला प्रशासन कार्यलय नवलपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
सोमवार नयां शक्ति पार्टी नेपाल नवलपुरका संयोजक गुणाखर वस्याल सहितको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाउदै सरकारलाई ध्यानाकर्षण गराउनको लागि ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन ।
ज्ञापन पत्रमा कञ्चनपुरकी वालिका निर्मला पन्त, पोखराकी पुष्पा के सी, श्र्या विकको बलत्कार पछिको हत्या लगाएतका घटनाहरुको निष्पक्ष छानविन गरी यथासीघ्र अनुसन्धान गरी घटनाको दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, नवलपुर कावासोती नगरपालीका १६ डण्डाकी वसन्ती परियार माथि भएको चक्कुतथा एसिड प्रहार गर्नैलाइ कडा भन्दा कडा कारवाहि गर्नु पर्नै ,सर्वसाधारण माथि विभिन्न नाममा लगाइएको करका विषयम पुनरावलोकन गरिनुपर्नै, पेट्रोलियम पदार्थ लगाएत दैनिक खाद्य वस्तुमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्नै, ३३ किलो सुनका तस्करीका नाइकेहरुलाइ राजनीति संरक्षण गर्ने कार्य वन्द गरि दोषिलाई तत्काल कारवाहि गर्नु पर्नै लगायतका मागहरु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि नयां शक्ति पार्टी नेपालका कार्यकर्ताले सभापतिचोक देखि प्रशासन कार्यलय सम्म विभिन्न प्लेकार्ड सहित नारा लगाएर ¥याली समेत निकालेका थिए।

You might also like
Loading...