मध्यविन्दु नगरपालिकामा परिचयात्मक कार्यक्रम

0

दाउन्ने न्यूज संवाददाता
नवलपरासी (चारमारा), २२ असोज ।
सरुवा भइ नवलपुरको मध्यबिन्दु नगरपालिकामा हालै मात्र आउनुभएको प्रमुख प्रशासकीय कृष्ण पन्थीसंग सोमबार जनप्रनिधीहरुको परिचयात्मक कार्यक्रम भएको छ । मध्यविन्दु नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुको उपस्थीतिमा परिचयात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख प्रशाशकीय अधिकृत पन्थीले मध्यबिन्दु नगरभित्र गर्नुपर्ने काम कारबाही जनप्रतिनिधीहरुको सहकार्यमा गर्ने बताउनुभयो । यहा भए गरेका हरेक समस्याहरुलाई मिलेर सामाधान गर्नका लागि आफु सधै प्रतिबद्ध रहनेपनि बताउनुभयो ।
यसै गरि मध्यबन्दिु नगरपालीकाका नगरप्रमुख चन्द्र बाहादुर रानाले पुर्ब प्रमुख प्रशाशकीय अधिकृत शिबराज सेढाइसंगको सहकार्यमा भएगरेका कार्यहरुका बारेमा चर्चा गर्दै त्यस्तै समधुर सम्बन्ध हालका प्रमुख प्रशाशकीय अधिकृत संग स्थापीत गर्ने र मध्यबिन्दु नगरक्षेत्रका समस्याहरु एकपछि अर्को पुरा गर्दै जाने बताउनुभएको थियो।यसैगरि सो अबसरमा नै मध्यबन्दिु नगरपलाीका भित्र आगामी दिनका योजनाहरु को बारेमा पनि छलफल गरिएको थियो ।







सम्बन्धित
Loading...