बाढिपिडितको खेलमैदानमा फुटबल प्रतियोगिता सुरु

0

पश्चिम नवलपरासीमा अवस्थित नव जिवन युवा क्लब बर्दघाट ४ बाढिपिडितको आयोजनामा सोमबारदेखी बडा दशै वडा कप २०७५ फुटबल प्रतियोगिता बाढिपिडितको खेलमैदानमा सुरु भएको छ । क्लबका उपाध्यक्ष सिता क्षेत्रीको अध्यक्षता, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिधरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं बर्दघाटवडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले खेल क्षेत्रमा लागेका खेलाडीहरुले सहजतापुर्वक सम्मानित ढंगले जिवनयापन गर्न सक्ने वातावरण श्रृजना हुदै गएको बताउदै बर्दघाट नगर क्षेत्रले पनि विभिन्न विधामा राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने स्थानको रुपमा परिचित बन्दै गएको जिकिर गर्नुभयो । साथै उहाँले खेल क्षेत्रमा लागेर आफु र आफ्नो क्षेत्र लगाएत समग्र देशलाई नै पहिचान गराउन सक्ने हुदा आफ्ना अभिभावकहरुले पनि आफ्ना नानी बाबुहरुको खेल प्रतिको चाहनालाई बुझेर प्रोत्साहित गरि उक्त क्षेत्रमा लगाउन सक्नुपर्ने बताउनुभयो ।







सम्बन्धित
Loading...