छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

0 35







मोरङ, २६ कात्तिक । कानेपोखरी गाउँपालिकामा छोरी बलात्कार गर्ने बुवा पक्राउ परेको छ ।
१४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका युवक पक्राउ परेका हुन् ।
श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।
उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

You might also like
Loading...