बालमैत्री नगरमा गृहकार्य नगर्ने बालकलाई पाच सय पटक उठबस सजाय

0 102







नवलपरासी (देवचुली)। बालमैत्री नगर भईसकेको पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा गृहकार्य नगर्ने बालबालिकालाई सजायँ स्वरुप पाँच सय पटक उठबस गराएको घटना बाहिर आएको छ।
देवचुली नगरपालिकाको नवल बोडि· स्कूलमा गृहकार्य नगरेको भन्दै ५ जना विद्यार्थीलाई ५ सय पटक उठबस गराएको घटना बाहिर आएको हो।
पाँच सय पटक उठबस गर्दा विद्यार्थीमा मानसिक र शारिरीक समस्या देखिएको विद्यार्थीका अभिभावकहरुले बताएका छन्।
घटना बाहिर आएपछि यस्तो सजाय दिलाउने शिक्षिका विद्या चापागाईलाई विद्यालयले बर्खास्त गरेको छ। शिक्षिका चापागाईले गत कार्तिक १८ गते गृहकार्य नगरेको भन्दै विद्दार्थीलाई ५ सय पटक उठबस गराएको भए पनि घटना निक्कै पछि मात्र बाहिर सार्वजनिक भएको हो।
घटना सार्वजनिक भएपछि मात्र विद्यालयले शिक्षिकालाई बर्खास्त गर्न बाध्य भएको हो। अंग्रजी बिषय पढाउने शिक्षिका चापागाईले कक्षा ४ मा अध्ययन गर्ने १२ बर्षीय कुशल रानाभाट सहित रोहित खत्री, शुसान्त अर्याल, अंशुमान श्रेष्ठ र प्रिन्स बसेललाई कारबाही भन्दै उठबस गराएको पीडित बालबालिकाका अभिभावकले बताएका छन् ।
घटना जानकारी पाएपछि विदालय व्यवस्थापन समितिको वैठकले शिक्षिका चापागाईलाई बर्खास्त गर्ने निर्णय गरेको जानकारी विद्यालयका प्रिन्सीपल किरण भट्टराईले दिए। अगामी दिनमा यस्ता घट्नाहरु नदोहोराउने प्रतिबद्धता सहित बैठकले निर्णय गरेको लिखित प्रमाण नगर शिक्षा शाखा र बाल अधिकारकर्मीहरुलाई बुझाएको समेत प्रिन्सीपलले जानकारी दिए।
देबचुली नगरपालिका दुई महिना अगाडी मात्रै बालमैत्री नगरपालिका घोषणा भएको थियो।
यस अघि नेपालकै पहिलो बालमैत्री नगर पश्चिम नवलपरासीको सुनवलमा पनि एक शिक्षकले विद्यार्थीहरु माथि जातीय रुपमा विभेद गर्दै अपमान गरेको घटना बाहिर आएको थियो।

You might also like
Loading...