विनयी त्रिवेणीमा खानेपानी पाइप जोड्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

26







नवलपुर २१ मंसिर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३, धारादीमा खानेपानीको पाइप जोड्ने क्रममा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, धारादीका ५० वर्षीय टेकबहादुर सारुको लडेर ज्यान गएको हो ।
बिहीबार साँझ खानेपानीको पाइप जोडने क्रममा लडेर घाइते सारुको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको दुम्किबास प्रहरीले जनाएको छ ।

You might also like
Loading...