प्रहरीले निकालेको र्यालीमै – सरकार भेटियो, न्याय भेटिएन (भिडियो सहित)

62







काठमाडौं उपत्यकामा निर्मला पन्तको न्यायको माग गर्दै टाँसिएका पोष्टरहरु प्रहरीले च्यात्ने र टाँस्दै हिड्नेलाई प्रहरीले पक्राउ गरिरहेको बेला नवलपुरको कावासोतीमा भने प्रहरीकै र्यालीमा पोष्टर प्रदर्शन गरिएको छ ।
शुक्रबार महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरले निकालेको प्रभातफेरिमा सहभागी विद्यार्थीहरुले निर्मला पन्तको फोटो अंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर प्रदर्शन गरेका थिए ।
र्यालीमा प्रहरीका साथै, महिला अधिकारकर्मी, मानव–अधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो।
र्याली पछि जिल्ला प्रहरी कार्यालय नवलपुरमा पुगेर अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा सहभागीहरुले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता नलाग्नु, निर्मलाले अहिले सम्म न्याय नपाउनु दुखद भएको बताएका थिए।

सामुदायिक वन महासंघको र्याली

कावासोती । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर जिल्ला महासंघले शुक्रबार महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा कावासोतीमा र्याली निकालेका छन् ।
नवलपुर क्षेत्रमा रहेको विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरुको समेत सहभागिता रहेको र्याली कावासोतीको खुल्ला चौरमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा लैंगिक विभेद विरुद्धका नाराहरु अंकित प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।
महासंघका जिल्ला कार्यवाहक अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद तिलक महत, सामुदायिक उपभोक्ता वन महासंघका केन्द्रिय अध्यक्ष भारती पाठक लगायतले महिला हिंसाका बारेमा बोलेका थिए।

You might also like
Loading...