घर कोही नभएको बेला रुपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

78







कावासोती, २२ मंसिर । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुपन्देहीमा ५ वर्षीया बालिका गएराति सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
घर कोही नभएको बेला उनीमाथि बलात्कार भएको हो । देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घर नजिकैको टहरोमा बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।
बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्रेको छ । नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् ।
बालिका घाइते अवस्थामा भेटेपछि र बालिका रहेको केही पर केही युवाहरु देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

You might also like
Loading...